ताजा समाचार

कला साहित्य

साहित्यकार भीम रानाभाटको नयाँ पुस्तक “ज्यालादारी”

  साहित्यकार भीम रानाभाट ‘ज्यालादारी’ नयाँ पुस्तकका साथ पाठकमाझ आएका छन् । उनको गीतसञ्चयन ‘पग्लिदैन सगरमाथा’ शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । संग्रहमा ६८ गीत छन् । सुनाखरी सन्देश साहित्यिक पत्रिकाले प्रकाशन गरेको संग्रहको मूल्य १ सय ५३ रुपैयाँ छ । यसअघि ज्यालादारीका रगतका छिर्काहरु, रंग, रगत र मान्छे, यहीको हो मेरो देश र आँसुको छाल गरी ४ कृति प्रकाशित छन् । आफूले जीवन भोगाइका क्रममा देखेका यथार्थ, नेपाली संस्कार, संस्कृतिभित्रका विकृति र उन्नत समाज निर्माणका लागि गीतमार्फत् खबरदारी… पुरा पढौ

ओथेलो असारसम्म रंगमञ्चमा पोखरा

पोखरेली रंगमञ्चमा सक्रियता बढ्दै गएको छ । हालै गठन भएको ओथेलो थियटर ग्रुपले आमागी असारसम्ममा नाटक मञ्चन गर्ने गरी तयारी थालेको छ । संस्थाको अध्यक्षमा आशीष अधिकारी, उपाध्यक्षमा शितला अधिकारी, सचिव सबु पाठक, सहसचिव विष्णु गौतम र कोषाध्यक्ष सुमन कार्की छन् । यस्तै सदस्यमा निलम तामाङ, देवेन्द्र पुन, पार्वती थापा र लक्ष्मी न्यौपाने छन् । ओथेलेको बैठकले सल्लाहकार समिति पनि गठन गरेको छ । संस्थाका सल्लाहकारमा कृष्ण उदासी, माओत्से गुरुङ, हेमन्त हितैषी र नगेनसिंह ठकुरी छन् । नाटक मञ्चन, कार्यशाला,… पुरा पढौ

मालिकाको उपन्यास सुवर्णलता विमोचित

 मालिका केशरीद्वारा लिखित सुवर्णलताको सोमबार काठमाडौंमा विमोचन भएको छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त तथा प्राज्ञ गीता केशरीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए । पुस्तकमा नारीको वर्तमान अवस्था र विगतको तुलना गरिएको छ । बौद्ध दर्शनको बारेमा पुस्तकमा परिचर्चा गरिएको पाइन्छ । पुस्तकको बारेमा बोल्दै सरुभक्तले भने, ‘नेपाली साहित्यमा युवा पुस्ताको प्रवेश आशालाग्दो तवरले भएको छ । आत्मैदेखिको चाहनाले उत्प्रेरित भएर लेखकले साहित्य सिर्जना गरेका छन् ।’ उपन्यास नायिका प्रधान भएको चर्चा गर्दै उनले यस्ता कृतिबाट… पुरा पढौ

आमा गर्भमै नमार (कविता)

 आमा म धर्ती हेर्न चाहन्छु, सात अर्ब मनुष्य जीजिविषामा पौँठेजोरी खेलिरहेको धरामा हो,आमा म छोराजस्तै पाइला टेक्न चाहन्छु , अब त म चार मास पुरा भएँ देव्रे कोखमा लात्ती हान्दैछु काश ः यो सङ्केत तपाईँको मानसपटलमा शुभ होइन, हुँदै होइन, तपाईँ भन्दै हुनुहुन्छ र समाज अनि परिवार खोजिरहेछ वंश धान्न छोरा पाउनुको लक्षण यो हुनै सक्दैन किनकि अल्ट्रासाउण्डको रिपोर्ट स्टेथेस्कोप लगाउँदै रेडियोलोजिष्ट भन्दैछ– छोरी ⁄ त्यहीँदेखि तपाईँ मलाई गर्भपात गर्ने दुस्प्रयास गर्दै हुनुहुन्छ बिन्ती म निर्दोष रक्तपिण्ड दयाको भीख हैन,… पुरा पढौ

प्रेम कथा कहाँ गए ती दिनहरु ?

“हेर्न यार , यो फोटो मैले कुनै दिन खिच्देको थिएँ । आज फेसबुकमा प्रोफाइल पिक्चर हालिछे । किन यति बिदीसम्म गर्न सकेकी होला है ।“ केदार मोबाइल मलाई देखाउँदै निरासा व्यक्त गर्दै थियो। ऊ अझै थप्दै थियो, “ म पत्रकारिता बिषयक रेडियोको ट्रेनिङ दिन जाँदा मैले उस्को फोटो खिच्देको थेँ। फेरि याद आयो, उफ् ।“ केदार शर्मा मेरो सहकर्मी हो। हामी दुवै एउटै एफएममा काम गर्छौँ। रिलेशन एफएम ८८ मेगाहर्ज। ऊ कुशल समाचारवाचक हो । पातलो केटो अनि पानीले खाएको… पुरा पढौ

युरोपमा नेपाली बाजा सुनाउँदै ‘प्राना मुण्डी ब्याण्ड’

नेपालमा बनेका बाजाहरुलाई देश बाहिर निरन्तर बिभिन्न कार्यक्रमका बिच चिनाउँदै आएको ब्याण्ड हो ‘प्राना मुण्डी ब्याण्ड’ । बर्षमा दुई देखी तिनपटक सम्म युरोपका बिभिन्न देशहरुमा यो ब्याण्डले बिगत पाँचबर्ष देखी नेपाली बाजाहरुलाई सुनाउँदै आएको छ । नेपाल बाहिरका बिभिन्न नेपाली संघसंस्थासँग मिलेर ब्याण्डले कम्तीमा पनि एक महिनाको लामो टुरमा दर्जनबढी देशहरुमा बिभिन्न नेपाली बाजाहरुलाई प्रमोट गर्दै पनि आएको छ । यो ब्याण्डले बिशेष गरी बाँसुरी, सारंगी, सितार, मादल, तबला, टुन्ना लगायतका बाजाका धुन सुनाउनकै लागी बिदेश भ्रमणमा ब्यस्त भएको पाइन्छ… पुरा पढौ

मेडिकल लिटेरेचर मेला सम्पन

चिकित्सा शास्त्र अध्ययन संस्थानका बिद्यार्थीहरुको पहलमा मेडिकल लिटेरेचर मेला २०१७ आज राष्ट्रिय सांस्कृतिक संस्थानमा सम्पन्न भयो । डा. जीवन छेत्रीले बाँसुरी बजाएर सुरु गरेको उक्त मेलामा प्रा. डा. गोबिन्द केसीले यात्रा अनुभव तथा यात्राका तस्वीरहरु प्रस्तुत गर्नुभएको थियो । डा. रामेश कोइरालाले जबसम्म साहित्यले आर्थिक निर्भरता कायम गराउन सक्दैन तबसम्म साहित्य पेशाको रुपमा बिकसित हुन गाह्रो रहेको बताउनुभयो । बरिष्ठ लघुकथाकार डा. रवीन्द्र समीरले थोरै शब्दमा धेरै भन्न सक्ने लघुकथा विधा चिकित्सक एबम स्वास्थ्यकर्मीको लागि उपयोगी हुने बताउंदै आफ्ना लघुकथाहरु… पुरा पढौ

बि.सं. २१७४ ( लघुकथा )

विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २१७४ सालको हो । यो कुरा वि.सं. २२७४ को पनि हुन सक्छ ।एम्बुलेन्सले एक जना बृद्ध नेतालाई बेहोश अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ्ग सुई दिइयो, जुन त्यो बेलामा चिकित्सा विज्ञानले पत्ता लगाएको थियो । होसमा आएपछि उनले भने –‘यसभन्दा अघि मल्टिपल अर्गान फेलियर भएर सबै भाइटल अर्गानको ट्रान्सप्यालेन्ट गरेको थिएँ । बल्ल म सय वर्ष पुगेँ । राष्ट्रपति बन्ने धोको छ । कान्छी… पुरा पढौ

पुर्व उपराष्ट्रपती परमानन्द झाले सार्वजनिक गरे धार्मीक पुस्तक

प्यासिफिक पब्लिकेसनले आफ्नो छैठौ बार्षिक अवसर पारेर धर्मग्रन्थका कथा र भागवतगितामा के छ नामक दुई पुस्तक सार्वजनिक गरेको छ । राजधानीको प्रज्ञाप्रतिष्ठान कमलादीमा सोमबार आयोजित पुस्तक सार्वजनिक तथा श्रष्टासम्मान कार्यक्रममा पुर्व उपराष्ट्रपती परमानन्द झा र नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाले उक्त पुस्तक सामुहिक सार्वजनिक गरे । कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसा, समाजसेवी, शिक्षासेवी उपेन्द्र राज शास्त्री कडेल, समानसेवी तथा नगरबिकास कोसका अध्यक्ष धु्रब रिजाल, गीतकार बुद्धबिर लामा लगायतलाई सम्मान समेत गरिएको थियो । यि सबैलाई खादा तथा… पुरा पढौ

“श्रद्धान्जलि “

मेरो शवयात्रा सुरु नहुदैं सात समुन्द्रपारिबाट श्रद्धासुमनका हरफहरु सामाजिक संजालमा पोष्टिएका रहेछौ मित्र म कसरि आभार व्यक्त गरौं ?? जिवनका तिन दशक काट्नै लाग्दा तिम्रा र मेरा विचारहरु कहिल्यै एकमत हुनसकेनन चाहे स्कुलमा पढ्दाहोस गौचरनमा खेल्दा होस या समाज परिवर्तनका विषयमा होस जिवनको दर्शननैं फरक थियो हाम्रो हुन त एउटै होस पनि कसरि ?? हाम्रो रगतनैं फरक बोनम्यारो नैं अलग तिमि मुखियाको नाति भगौडा युवा म मुक्तिकामि नेताको छोरा अगंरक्षक अनि सेवक ।।।। निरमाया वि.क.लाई दुइ जिउकि बनाएर तिमि भाग्दा… पुरा पढौ