ताजा समाचार

राष्ट्रिय खबर

किन चुप छन् केपी  र ओली विद्यादेवी भण्डारी, को हुन् मदनका हत्यारा? -हेर्नुस् भिडियो 

मनमा जवरजस्त र स्वभाविक एउटा जिज्ञासा उठ्यो । “विद्यादेवी भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ पनि किन खोजिदैन जननेता मदन भण्डारीको हत्यारा ?” अहिलेकी राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति उनै मदनकी जीवनसंगीनी र राजनीतिक सहयात्री विद्यादेवी भण्डारी छिन् भने मुलुकको सवै भन्दा शक्तिशाली व्यक्ति उनै मदनका राजनीतिक सहकर्मी केपी शर्मा ओली छन्। प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत हुन्। ओलीले कुनै बेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु। आज… पुरा पढौ

आज प्रजातन्त्र दिवस, टुँडीखेलमा विशेष कार्यक्रम

जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । गणतन्त्र स्थापना दिवस प्रजातन्त्र दिवस मनाउन छाडिए पनि शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको थियो । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजे विशेष कार्यक्रम आयोजना गरिएको छ ।एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन… पुरा पढौ

संसद्को प्रथम अधिवेशन २१ फागुनमा

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा सो दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । नयाँ संविधानबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद् आह्वान भएको यो पहिलो पटक हो । पुरा पढौ

प्रदेश नम्बर ४ बाट उपसभामुखमा सिर्जना शर्मा निर्वाचित

को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार उपसभामुखको लागि भएको निर्वाचनमा उनले ३८ मत प्राप्त गर्दै विजयी भइन्। शर्मालाई एमालेका मायाँनाथ शर्माको प्रस्ताव र माओवादी ४ नम्बर प्रदेशकी प्रमुख सचेतक गायत्री गुरुङको समर्थन रहेको थियो। शर्मा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत हुन्। सिर्जनाको विपक्षमा कांग्रेस तर्फबाट उम्मेदवार हरेकी मनकुमारी गुरुङले १८ मत प्राप्त गरिन्। सभामुखमा यस अघि माओवादी केन्द्रका नेत्रनाथ अधिकारी  निर्वाचित भइरहेका छन्। पुरा पढौ

आइसीसी एकदिवशीय विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

विश्वकज क्रिकेटका लागि आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १५ नियमित र ४ बैकल्पिक खेलाडीको सूची सार्वजनिक गरेका हुन् । टोलीमा सबै खेलाडीहरु आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू कै छन् । विश्वकप छनोटमा १५ जनाको टिम हुने भएकाले ललित राजवंशीले टिममा स्थान बनाएका छन् । घोषित टिमको कप्तान पारस खड्का, उप–कप्तान ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी,… पुरा पढौ

माओवादी संसदीय दलको बैठक सम्पन्न, अध्यक्ष प्रचण्ड संसदीय दलको नेता

नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेता तथा संसदमा खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल गरेको थियो । अध्यक्ष प्रचण्डले अध्यक्षता गर्नुभएको बैठकमा समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । बैठकमा संसदीय दलको नेताको चयनका लागि सांसद कृष्ण बहादुर महराले अध्यक्ष प्रचण्डको नाम प्रस्ताव गर्नुभएको थियो भने सांसद गिरिराजमणी पोखरेलले समर्थन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सांसद कृष्ण बहादुर महराले गर्नुभएको थियो । कार्यक्रममा संविधान जारी… पुरा पढौ

३ नं.प्रदेशको राजधानी सार्नुपर्नेमा साँसदहरुको जोड

 प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश साँसदहरुले जोड दिएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी साँसदहरुले यस्तो जोड दिएका हुन् । यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अबस्थालाई मूल्याङकन नगरीकनै हेटाँैडालाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको उनीहरुले बताएका छन् । प्रदेश नं ३ को भूगोललाई समेत निहाल्दा हेटाँैडा राजधानीका लागी उपयुक्त नभएको प्रतिनिधिसभा काभ्रेका साँसद गोकुल बाँस्कोटाले बताउनुभयो । उहाँले प्रदेश साँसदहरुको बहुमतले प्रदेशका… पुरा पढौ

राष्ट्रियसभामा देउवाले गरेको सिफारिस फिर्ता लिइने

शेरबहादुर देउवा सरकारले जाँदाजाँदै राष्ट्रियसभा सदस्यका तीन सदस्य मनोनयनका लागि गरेको सिफारिस नयाँ सरकारले फिर्ता लिने भएको छ । देउवाले एकलौटी रुपमा गरेको सिफारिस राष्ट्रपति कार्यालयमा थन्किएको छ । संविधानअनुसार राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने व्यवस्था छ । यसअघि प्रदेशगत निर्वाचनबाट ५६ जना निर्वाचित भएर आइसकेका छन् । अब तीन जनाको मनोनयन नयाँ सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने शीतलनिवास स्रोतले जनाएको छ । देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि… पुरा पढौ

सरकारमा नजाने भनेका छैनौँ : देवेन्द्र पौडेल

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफुहरुले सरकारमा नजाने नभनेको स्पष्ट गरेका छन् । उनले भने ‘हामीले नै सहमती दिएको पत्र लिएर केपी ओली प्रधानमन्त्रीको दावी पेश गर्न राष्ट्रपतिकोमा पुग्नुभएको हो, भने यस्ता बिषय आउनु त्यति ठिक होईन । ‘ अनि किँन हिजो ओलीको मन्त्रीपरिषदमा मन्त्री नपठाएको त माओवादी केन्द्रले भन्ने प्रश्नमा उनले भने ‘हामी सबै बिषय प्याकेजमै टुङ्ग्याउन प्रयत्न गरिरहेका छौँ , त्यहि भएर हो नत्र त ओली जी ले मन्त्रीको नाम दिन भन्नुभएको थियो तर हामीले त्यसो गरेनौँ ।… पुरा पढौ

‘प्लेयर अफ दि सिरिज’ को उपाधी सन्दीपलाई

 आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाली टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने ‘प्लेयर अफ दि सिरिज’ (सर्वोत्कृष्ट खेलाडी) बनेका छन्। बिहीबार भएको उपाधि भिडन्तमा युएईसँग ७ रनले पराजित हुनुका बावजुद नेपालका सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्। अघिल्लो महिना इण्डियन प्रिमयर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै चर्चाको शिखरमा पुगेका सन्दीपले डिभिजन–२ मा सानदार बलिङ गरेका थिए। सन्दीपले प्रतियोगिताभर ६ खेल खेल्दै १७ विकेट लिन सफल भए। उनले ५४.२ ओभरमा बलिङ गर्दै ९ मेडन राख्दा १ सय ७६… पुरा पढौ