ताजा समाचार

समाजको खबर

मकवानपुरको कुन्छाल गाउँलाई पर्यटन गन्तब्य बनाउने प्रतिबद्धता, ‘घरमै बसेर डलर कमाउने अवसर !

मकवानपुर, कुन्छाल गाउँ । मकवानपुरको थाहा नगरपालिका १ कुन्छाल गाउँ पर्यटकिय र ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण थलो हो । कुन्छाल गाउँलार्इं पर्यटकिय गन्तव्य बनाउने सरोकारवालाहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।आईतबार गाउँ पर्यटन प्रर्वधन मञ्च (भिटोफ)ले आयोजना गरेको ‘कुन्छाल गाउँ अवलोकन भ्रमणमा उपस्थित सरोकारवालाहरुले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । भिटोफ नेपालका अध्यक्ष राम सापकोटा ‘कमल’ले मकवानपुरको थाहा नगरपालिका ‘थाहा’ अभियानता रुपचन्द्र विष्टको कारण ऐतिहासिक रुपले चिनिएको बताए । ‘विश्व पर्यटन दिवसको अवसरमा हामीले कुन्छाल गाउँलाई पर्यटन गन्तव्यको रुपमा घोषणा गरेका… पुरा पढौ

माटो खन्ने क्रममा पुरिएर सासूबुहारीको मृत्यु

संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएको छ । करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले पुरिएर मृत्यु भएको हो । मृतकको लास चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको भए तापनि चिकित्सक आइनपुगेका कारण शवपरीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ । पुरा पढौ

मदिरा सेवन गरार्इ नेविसंघका कार्यकर्ता द्द्वारा यसरी भयो बलात्कार…

दिनभर घुमघाम र मदिरा सेवन अनि राति बलात्कार । २१ माघको राति बानेश्वरको बुद्धनगरमा भएको बलात्कार घटनामा सहयोगी बनेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । घटनाको पाँच दिनपछि आफू बलात्कृत भएको भन्दै सुदूरपश्चिम घर भई मध्य बानेश्वरको एक अस्पतालमा ल्याब असिटेन्टका रूपमा कार्यरत युवतीले जाहेरी दिएपछि घटना बाहिर आएको हो । अनुसन्धान नटुंगिएको र मुख्य आरोपी फरार रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत बताउन चाहेको छैन । घटनाको १५ दिन भइसक्दा पनि मुख्य… पुरा पढौ

नयाँ सरकारलाई नेउवामहासंघको बधाई

सरकारले ल्याउने आर्थिक विकासका कार्यक्रमलाई सफल पार्ने निजी क्षेत्रको प्रतिबद्धता नेपाल उद्योग वाणिज्य महासंघद्वारा महासंघ सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा वितरित पे्रस विज्ञप्ति । पत्रकार सम्मेलनलाई महासंघका अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले संवोधन गर्नुभएको थियो । विक्रम सम्वत् २०६५ साल जेठ १५ गते, संविधान सभाको पहिलो बैठकबाट नेपाललाई संघीय गणतन्त्र नेपालको रूपमा घोषणा गरियो । मिति २०७२ असोज ३ गते संविधान सभाबाट, आफ्नै हातबाट लेखिएको संविधान प्राप्त गर्ने नेपाली जनताको वर्षौदेखिको सपना पुरा भयो । सोही संविधानले… पुरा पढौ

बिद्यामन्दिर पुस्तकालयकाे ७१ अाै साधारणसभा फागुन २६ हुने 

नेपालकै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७१ अाै साधारणसभा यहीँ फागुन २६ गते हुने भएको छ । पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीकाे अध्यक्षतामा बसेकाे कार्यसमितिकाे बैठकले पुस्तकालयकाे साधारणसभा भब्य र सभ्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको पुस्तकालय पुस्तकालयका  सचिव राम थापा अबिरलले बताए । सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै अाएकाे बिद्यामन्दिर पुस्तकालय लाई प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउने नयाँ कार्यक्रम लाई साधारणसभा पछि अगाडि बढाउने बैठकले निर्णय गरेको सचिव थापाले बताए । बिधुतीय पुस्तकालय… पुरा पढौ

नेतृत्व इट्टा व्यवसायि खाँको अध्यक्षतामा नयाँ नेतृत्व चयन

 विगत १५ वर्ष देखि बाँकेमा इट्टा व्यववसायीहरुको हक हितका क्षेत्रमा कार्य गर्दै आएको इट्टा उद्योगीहरुको छाता संगठन नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेको विशेष साधारण सभा तथा पाँचौ अधिवेशनबाट जैनुल खाँको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको नयाँ नेतृत्व अन्र्तगत अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष र अन्य ४ जना सदस्यहरु क्रमशः जैनुल खाँ, सत्तार खाँ, रामचन्द्र शाह, रहिस शेष, टंक बुढा, विशाल उप्रेति, सुधिर प्रताप सिंह, सन्तोष कुमार वर्मा, सिर्ताज अलिकसगर, विजय प्रशाद… पुरा पढौ

शुक्ला गण्डकीमा युआरएलको शिविर सम्पन्न

पोखरा लेखनाथको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउनको संयुक्त आयोजनामा शनिबार शुक्लागण्डकीमा ३ सय ५ जनाको निःशुल्क रगत जाँच गरिएको छ । शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण गरिएको हो । अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले खानपान, जीवनशैली, सचेतना र उचित उपचारको प्रबन्ध हुँदा मात्रै मानिस स्वस्थ हुन सक्ने औंल्याए ।… पुरा पढौ

कृपा फाउन्डेसन पहिलो वार्षिकोत्सव सम्पन्न

’सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ’कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र वरिष्ठ गायक योगेश बैधलाई सम्मान गरेको छ । फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने , कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान , फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णु माया लामिछाने , बराह ज्वेलरी धरान प्रमुख मान बहादुर बिकले संयुक्त रुपमा दोसल्ला ओढाउदै प्रमाण पत्रद्वारा सम्मान गर्नु भएको… पुरा पढौ

समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित 

बिगत दशौ बर्ष देखि सौन्दर्य क्षेत्रमा पुर्याउदै आएको योगदानलाई उच्च मुल्यांकन गर्दै सिटीइभिटिका उप निर्देशक शैलेन्द्र आचार्यको हात बाट समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित भएकी छिन । ‘रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ र ‘रोज सिप विकाश तालिम केन्द्र’ द्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा रश्मिलाज फेसियल हाउसकि संचालिका बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठलाइ उप निर्देशक शैलेन्द्र आचार्यले सम्मानपत्र सहित सम्मानित गरेका हुन। उक्त अबसरमा १०० जना भन्दा बढि ट्रेनीङ प्राप्त ब्युटिसियनहरुलाई प्रमाण पत्र वितरण गरिनुको साथै बिगत… पुरा पढौ

बिहिबारदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर

खुम्बु पासाङल्हामु गाउँपालिका–३ को एउटा घरमा आगलागी हुँदा नजिकैको जंगलसम्म फैलिएको छ । जंगलमा फैलिएको आगो अझै नियन्त्रण बाहिर रहेकोे छ । बिहिबार दिउँसो स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी भएको थियो । आगो घरनजिकै रहेको ठाडोकोशी रेडपाण्डा समुदायिक बनमा सल्किएको थियो । उक्त आगो अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा फैलिएको लुक्ला सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिए । घरमा लागेको आगो नियन्त्रणमा आए पनि त्यहाँबाट जंगलमा सल्किएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । अहिले स्थानीय बासिन्दा, नेपाली सेना,… पुरा पढौ