ताजा समाचार

सूचना प्रविधि

प्रदेशस्तरीय खुल्ला टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका रवि क्षेत्रीलाई

प्रदेशस्तरीय खुल्ला टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका रवि क्षेत्रीले जितेका छन् । क्यान महासंघ कास्कीले पोखरामा आयोजना गरेको नवौं क्यान इन्फोटेकको अवसरमा आयोजित प्रतियोगितामा क्षेत्री प्रथम भएका हुन् । तक्मा बिक द्वितीय र सरस्वती शर्मा तृतीय भएको प्रतियोगिताका संयोजक महेन्द्र भुर्तेलले जानकारी दिए । शनिबार नै भएको कास्की जिल्ला स्तरीय प्रतियोगितामा रवि क्षत्री नै प्रथम भए भने सरस्वती शर्मा द्वितीय र तक्का बिक तृतीय भइन् । क्यान केन्द्रका केन्द्रीय सदस्य अशोक बाबु रानाको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको हो । प्रतियोगितामा विश्वास… पुरा पढौ

सुरु भयो पोखरामा क्यान इन्फोटेक – २०१८

प्रतिनिधि सभाका सांसद रवीन्द्र अधिकारीले सूचना तथा प्रविधिको विकास बिना देशको विकास सम्भव नहुने बताएका छन् । सूचना र प्रविधि क्षेत्रमा सबैको पहुँच पु¥याउनुपर्ने उनले बताए । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको क्यान इन्फोटेकको शुक्रबार उद्घाटन गर्ने क्रममा बोल्दै अधिकारीले सूचना र प्रविधिमा आधारिता साक्षरता आवश्यक रहेकोमा जोड दिए । ‘प्रविधि विलाशिताका लागि होइन, आवश्यकताका लागि हुनुपर्छ,’ उनले भने, ‘प्रविधिको सही सदुपयोग गर्दै दुरुपयोग रोक्नुपर्छ ।’ क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा… पुरा पढौ

एफवान सफ्टका बिश्वास ढकाल र नेपाल टेलिकमकि कामिनी राजभण्डारीलाई ‘बेस्ट म्यानेजर अवार्ड’

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले हरेक वर्ष प्रदान गर्ने बेस्ट म्यानेजर अफ दि इयर २०१७ को अवार्ड एफवान सफ्टका प्रेसिडेन्ट युवा उद्यमी विश्वास ढकाललाई प्रदान गरिएको छ। यसैगरी म्यानले प्रदान गर्ने आउटस्टाण्डिङ म्यानेजर अवार्ड नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्राप्त गरेकी छन्। ढकालको नेतृत्वमा सन् २००४ देखि एफवान सफ्टले सूचना प्रविधिको क्षेत्रमा विभिन्न योगदान गर्दै आएको छ। पछिल्लो पाँच वर्षयता एफवान सफ्टले वित्तीय क्षेत्रमा प्रविधि भित्र्याउन तथा प्रविधिमार्फत वित्तीय कारोबार अघि बढाउन महत्वपूर्ण योगदान दिँदै आएको छ। एफवान सफ्टले मोवाइल बैंकिङ सेवा, इन्टरनेट कार्ड… पुरा पढौ

‘अवलोकनकर्तालाई नविनतम प्रविधिबारे अपडेट गराउँछौं’: विकास भुर्तेल

क्यान महासंघ कास्कीको आयोजनामा नवौं संस्करणको इन्फोटेक हुँदैछ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन ४ देखि ८ गतेसम्म सञ्चालन हुने इन्फोटेकसँग केन्द्रित रहेर क्यान महासंघ कास्कीका सचिव विकास भुर्तेलसँग गरिएको कुराकानी : विकास भुर्तेल सचिव क्यान महासंघ, कास्की तथा प्रदेश नं. ४ सदस्य क्यान कास्कीले आयोजना गरेको इन्फोटेकका आकर्षणहरु के–के छन् ? इन्फोटेकलाई समयानुकुल बनाउने प्रयास गरेका छौं । हिजो र आजको प्रविधि फरक छ । हामीले इन्फोटेकलाई जतिसक्दो प्रविधिमैत्री बनाउँदै छौं । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिको… पुरा पढौ

डिजिकम क्यान इन्फाेटेक भाग्यमानीलाई ल्यापटप उपहार

पोखराको नयाँबजारमा फागुन ४ देखि ८ गतेसम्म आयोजित क्यान इन्फोटेकलाई लक्षित गरी विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । आयोजक संस्था क्यान कास्कीले इन्फोटेकमा रहेका प्रत्येक स्टलमा सामान खरिद गर्दा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरिने क्यान कास्कीका प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिए । इन्फोटेकलाई प्रविधिमैत्री बनाउने क्रममा अनलाइनमा टिकट काट्ने व्यवस्था गरिएको छ । आइपेसँगको सहकार्यमा अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिएको हो । अनलाइनमा टिकट काट्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको टिकट व्यवस्थापन उपसमिति संयोजक ईश्वर चालिसेले जानकारी… पुरा पढौ

क्यान इन्फोटेकमा प्रदेश स्तरीय टाइपिङ र कलेज स्तरीय आइटी क्विज प्रतियोगिता

क्यान कास्कीले आयोजना गरेको क्यान इन्फोटेकको अवसरमा प्रदेश स्तरीय खुल्ला टाइपिङ प्रतियोगिता र कलेज स्तरीय आइटी क्विज प्रतियोगिता आयोजना गरिएको छ । पहिलो चरणमा जिल्ला स्तरीय टाइपिङ प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट भएकाहरुलाई प्रदेशस्तरमा समावेश गरिने कार्यक्रम संयोजक महेन्द्र भुर्तेलले जानकारी दिए । टाइपिङको अन्तिम प्रतिस्पर्धा फागुन ४ देखि ८ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित क्यान इन्फोटेकमा सञ्चालन गरिनेछ । कलेज स्तरीय आइटी क्विजमा करिब २० वटा कलेजले प्रतिस्पर्धा गर्ने क्विज प्रतियोगिताका संयोजक घननाथ सापकोटाले जानकारी दिए । दुवै प्रतियोगितामा उत्कृष्ट… पुरा पढौ

क्यान इन्फोटेकमा अफर नै अफर लाउँछौंः युवराज पौडेल

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा फागुन ४ देखि ८ गतेसम्म पोखरामा नवौं संस्करणको डिजिकम क्यान इन्फोटेक हुँदैछ । इन्फोटेकमा सूचना तथा प्रविधि क्षेत्रमा भएका नविनतम प्रविधिलाई भित्र्याइने क्यान महासंघ कास्कीले जनाएको छ । यसै क्रममा इन्फोटेक आयोजना गर्नुको उद्देश्य, आकर्षण लगायत विविध विषयमा केन्द्रित रहेर क्यान महासंघ कास्कीका अध्यक्ष युवराज पौडेलसँग गरिएको कुराकानीको सारः पोखरामा क्यान इन्फोटेक आयोजना गर्नुको उद्देश्य के हो ? क्यान कास्कीले बिगत ९ वर्षदेखि वर्षेनी इन्फोटेक आयोजना गर्दै आइरहेको छ । सूचना तथा प्रविधिको… पुरा पढौ

क्यान इन्फोटेकमा गृहणीलाई निःशुल्क कम्प्युटर शिक्षा

 पोखरामा आयोजित सूचना तथा प्रविधि मेलाका अवसरमा गृहणीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीले फागुन ४ देखि ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको डिजिकम क्यान इन्फोटेकको अवसरमा ६३ जना महिला गृहणीलाई तालिम दिन लागिएको अध्यक्ष युवराज पौडेलले जानकारी दिए । पोखरा क्षेत्रका विभिन्न टोल तथा वडासँग समन्वय गरी महिलाहरुलाई कम्प्युटरको आधारभूत तालिम दिइने संयोजक शवी शेरचनले जानकारी दिइन् । ‘कम्प्युटर शिक्षा सबैका लागि अति आवश्यक छ,’ उनले भनिन्, ‘इन्फोटका अवसरमा… पुरा पढौ

क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

 कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीले डिजिकम क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाएको छ । फागुन ४ देखि ८ गतेसम्म पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आयोजित इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । इन्फोटेकको करिब ९० प्रतिशत स्टल बुकिङ भइसकेको पौडेलले बताए । इन्फोटेकमा १ सय २० वटा स्टल रहनेछन् । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याइने प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिए । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको… पुरा पढौ

विश्वसँग प्रतिस्पर्धा गर्दै नेपाली चेलीको सोच, आवश्य गर्नुहोस् भोट

विज्ञान र प्रविधि सम्बन्धि नेपालको सोच विश्वका ८० देशसँग प्रतिस्पर्धामा उत्रिएको छ । विज्ञान र प्रविधिको विकास गर्ने उद्धेश्यले (GIST) ग्लोबल इनोभेसन थ्रु साइन्स एण्ड टेक्नोलोजीले गरेको प्रतियोगितामा नेपाली चेलीको सोच विश्वसँग प्रतिस्पर्धा गर्न छानिएको हो । ८० देशका १ सय ९ उद्यमीमध्ये नेपाली चेली निश्मा अधिकारीको ‘प्रो मम्’ एप प्रतिस्पर्धाका लागि छनोट भएको छ । गर्भवति आमा र नवजात शिशुको स्वास्थ्य र पोषण, ख्वपलगायतका आवश्य सम्पूर्ण जानकारी उपलब्ध गराउने सोचलाई प्रतियोगितामा सामेल गरिएको हो । उक्त मोबाइल एप्लीकेशनले बालमृत्युदर… पुरा पढौ