ताजा समाचार

जापान खबर

नेपाली विद्यार्थीलाई जापान प्रवेशमा कडाई

जापानमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुको संख्याको आधार नेपाल शिर्ष नम्वरमा छ । तर नेपाली विद्यार्थी आएसरह अध्ययन र जापान बसाई राम्रो नदेखिंदा जापानले नेपाली विद्यार्थीमाथि गर्दै गएको कडाई थप कडा पार्ने भएको छ । अध्ययनका लागि आएपनि अध्ययन भन्दा बढी पैसा कमाउनमा समय खर्चने र पछिल्लो समय शरणार्थी तथा अन्य समस्या बढी देखिन थालेपछि नेपाल सहित अन्य पाँच देशबाट आउने विद्यार्थीको भिषा अनुमतिमा जापानले थप कडाइ गर्ने भएको हो । सन् २०१५ मा दुई लाख विदेशी विद्यार्थी आएको जापानमा… पुरा पढौ

NRNA तोकाई होकुरिकुद्वारा केन्द्रका कुनै पनि कार्यक्रम समर्थन तथा कार्यान्वयन नगर्ने घोषणा

NRNA जापान तोकाई होकुरिकु क्षेत्रले क्षेत्रिय अधिबेशनमा आफ्ना गरिएको भद्र सहमतिलाइ वास्ता नगरिएको भन्दै आज देखिनै गरिएको सहमति लाइ पालना नगर्दा सम्म कुनै पनि केन्द्रको सर्कुलर नमान्ने निर्णय गरेको छ । क्षेत्रिय अधिबेशनको दिन, अहिलेका अध्यक्ष टासी लामा, निबर्तमान अध्यक्ष सुदन थापा, पारसमणि पोख्रेल, दिलाराम खरेल, अहिलेका महा-सचिब बुद्धि घिमिरे लगाएत को प्रत्यक्ष उपस्थितिमा निर्बाचन नगर्ने सहमति गर्ने सयोजक पदमा परेको २ उमेद्वारी मध्य १ जना लाइ सयोजक बनाउने र अर्को १ जनालाइ केन्द्रिय समितिमा मनोनयन गर्ने लिखित सहमति भएको… पुरा पढौ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाको अधिबेशनको तयारी तिव्र रुपमा

जनवरी २८ तारिक आईतबारको दिन टोकियोमा सम्पन्न हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अन्तर्गत जापान शाखाको प्रथम अधिबेशनको तयारी तिव्र रुपमा भएको र साधारण सदस्यता लिनका लागि शाखाले सबैमा अनुरोध गरेको छ । नेपाली लोक संस्कृतिको क्षेत्रमा क्रियाशिल बिभिन्न बिधाका कलाकर्मीहरूको साझा संगठनको रुपमा रहेको प्रतिष्ठानको जापान शाखाको अधिवेशनका लागि बिभिन्न प्रान्तमा बसोबास गर्ने नेपाली लोक कलाकर्मी र कलाप्रेमीहरुको सहभागितामा तिव्र रूपमा तयारी भईरहेको र अधिबेशन सफलताको लागी जापानबासी नेपाली ब्यबासायी, समाजसेवी, पत्रकार, बिभिन्न संघ संस्था लगाएतका क्षेत्रबाट सहयोग… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लबले चौथो मैत्रीपूर्ण रनिंगकप भलिबल प्रतियोगिता गर्ने

“स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल “भन्ने मुख्य नारा सहित सन् २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले नेपाली नया बर्ष २०७५ तथा क्लबको बार्षिकोत्सबको उपलक्ष्यमा चौथो मैत्रीपुर्ण रनिंगकप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ। स्थापना काल देखि प्रत्यक बर्ष आयोजना गर्दै आएको मैत्रीपुर्ण भलिवल प्रतियोगिता यो बर्ष आगामी अप्रिल महिनाको १८ तारिक बुधबारका दिन टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१हिगासी कामता (Ota-ku Sports Center�1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा गरिने गल्कोट स्पोर्ट्स क्लवका महासचिव लक्ष्मण कार्कीले जानकारी दिए। प्रतियोगिता बिहान ९ बजे… पुरा पढौ

नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा केसी

नेपाली जनसम्पर्क समिति जापानको सभापतिमा रोशन केसी चयन भएका छन । निवर्तमान सभापति डिपी कँडेलले एक कार्यक्रमका बिच रोशन केसीलाई पदस्थापन गराएका छन । पूर्व सहमती अनुसार केसीलाई नयाँ नेतृत्व चयन गरेर समितिलाई पूर्णता दिएको जापानबाट निवर्तमान सभापति डिपी कँडेलले जानकारी दिए । कार्यसमितिमा अरु सदस्यहरु यथावत रहेको कँडेलले बताए । समितिले नेपालीहरुको हित प्रबर्धन गर्ने, नेपालको शैक्षिक विकास, सामाजिक र परोपकारको कार्य र नेपाली पर्यटनको प्रचार प्रसारमा महत्वपूर्ण योगदान दिँदै आएको छ । पुरा पढौ

जापानद्वारा उत्तर कोरियामाथि थप प्रतिबन्ध

जापानले उत्तर कोरियामाथिको प्रतिबन्ध विस्तार गरेको छ । उत्तर कोरियाले गर्दै आएको मिसाइल परीक्षण तथा उसको परमाणु कार्यक्रमका कारण तनाव बढेका बेला जापानले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाएको हो । जापानले उत्तर कोरियाका १९ कम्पनी तथा अरु केही व्यक्तिको सम्पत्ति फ्रिज गरेको छ । योसँगै उत्तर कोरियासँग आर्थिक कारोबार गर्दै आएका चीन तथा रुसका दुई सय १० भन्दा बढी कम्पनी तथा व्यक्ति प्रभावित भएका छन् । बैंकिङ क्षेत्र, कोइला तथा तेल र यातायात क्षेत्र लगायतको सम्पत्ति फ्रिज गरेको जापानको… पुरा पढौ

जापानमा सवारी दुर्घटनामा १० नेपाली घाइते

जापानमा स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रुद्रपुर गाउँपालिका छपालिटोलकी मिना श्रीसमगर, बाग्लङ चमुवाकी लक्ष्मी चालिसे सुवेदी , रितुरणपाल दर्नाल र कमला नेपाली रहेका छन् । साइतामाको चुरुसे बस्ने नेपाली र दर्नालको नेपाल घर थाहा हुन सकेको छैन । उनीहरुमध्ये टोकियोको इतावासीको टोकिवादाई बस्ने श्रीस मगरको अवस्था गम्भीर छ… पुरा पढौ

जापानमा मोटरसाईकल दुर्घटनामा परि एक नेपालीको मृत्यु

जापानको साईतामामा शुक्रबार विहान भएको मोटरसाईकल दुर्घटनामा परी एक नेपालीको मुत्यु भएको छ । जापानको साइतामा कावागुचीमा बस्दै आएका २३ वर्षिया आदित्य गिरीको गाडीको ठक्करबाट मुत्यु भएको हो । मृतक गिरी व्यवसायी सम्वर गिरीका छोरा हुन । दुर्घटना स्थान नजिकै रहेको रेष्टुरेन्टको काम सकेर घर फर्किने क्रममा गिरी दुर्घटना परेका हुन् । पुरा पढौ

जापानमा पत्रकारिता गर्दै रहेका श्रेष्ठ गायनमा “पल पल” पहिलो गित सार्बजनिक (भिडियो)

पत्रकारको रुपमा परिचय बनाएका रविन्द्र श्रेष्ठ आफ्नो पहिलो गीत ‘पल पल’ सार्वजनिक गर्दै नव गायकको रुपमा उदाएका छन् । नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले ‘पल पल’ बोलको पप गीतमा आफ्नी प्रेमिकाको पर्खाइ र समर्पण प्रस्तुत गरेका छन् । युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा संजय खड्गीको शब्द संगीत रहेको छ । नवगायक श्रेष्ठलाई गायिका सहिमा श्रेष्ठले पार्श्व स्वरमा साथ दिएकी छन् । प्लाटिनम स्टुडियोमा रेकर्ड तथा छायांकन गरिएको भिडियोमा स्वयम् नवगायक श्रेष्ठ र गायिका श्रेष्ठलाई देख्न सकिन्छ । गीतको निर्माण… पुरा पढौ

कपाललाई कालो बनाउन दबाब दिएको भन्दै विद्यालयविरुद्व छात्राको उजुरी

विद्यालयले आफ्नो खैरो कपाल कालो बनाउन लगाएको भन्दै जापानमा एक किशोरीले विद्यालयविरुद्ध स्थानीय सरकारमा उजुरी दिएकी छन् । ओसाकास्थित विद्यालयले निरन्तर आफ्नो कपाललाई कालो बनाउन दबाब दिएको भन्दै १८ बर्षीया ती किशोरीले स्थानीय सरकारमा उजुरी दिएकी हुन् । आफ्नो खैरो कपाल कालो नबनाए विद्यालय छोड्न विद्यालयले दबाब दिएको उजुरीमा उल्लेख छ । लगातार रङ्ग्याउदा कपाल बिग्रनुका साथै तालुमा समेत असर परेको किशोरीले बताएकी छन् । सोही कारण ती किशोरी गत बर्षको सेप्टेम्बर यता विद्यालयमा हाजिर भएकी छैनन् । उनले १९… पुरा पढौ