ताजा समाचार

पोखरा खबर

प्रदेशस्तरीय खुल्ला टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका रवि क्षेत्रीलाई

प्रदेशस्तरीय खुल्ला टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका रवि क्षेत्रीले जितेका छन् । क्यान महासंघ कास्कीले पोखरामा आयोजना गरेको नवौं क्यान इन्फोटेकको अवसरमा आयोजित प्रतियोगितामा क्षेत्री प्रथम भएका हुन् । तक्मा बिक द्वितीय र सरस्वती शर्मा तृतीय भएको प्रतियोगिताका संयोजक महेन्द्र भुर्तेलले जानकारी दिए । शनिबार नै भएको कास्की जिल्ला स्तरीय प्रतियोगितामा रवि क्षत्री नै प्रथम भए भने सरस्वती शर्मा द्वितीय र तक्का बिक तृतीय भइन् । क्यान केन्द्रका केन्द्रीय सदस्य अशोक बाबु रानाको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको हो । प्रतियोगितामा विश्वास… पुरा पढौ

सुरु भयो पोखरामा क्यान इन्फोटेक – २०१८

प्रतिनिधि सभाका सांसद रवीन्द्र अधिकारीले सूचना तथा प्रविधिको विकास बिना देशको विकास सम्भव नहुने बताएका छन् । सूचना र प्रविधि क्षेत्रमा सबैको पहुँच पु¥याउनुपर्ने उनले बताए । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको क्यान इन्फोटेकको शुक्रबार उद्घाटन गर्ने क्रममा बोल्दै अधिकारीले सूचना र प्रविधिमा आधारिता साक्षरता आवश्यक रहेकोमा जोड दिए । ‘प्रविधि विलाशिताका लागि होइन, आवश्यकताका लागि हुनुपर्छ,’ उनले भने, ‘प्रविधिको सही सदुपयोग गर्दै दुरुपयोग रोक्नुपर्छ ।’ क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा… पुरा पढौ

खुट्टा गुमाएका अपाङ्गलाई कृत्रिम खुट्टा सहित नगद सहयोग प्रदान गर्दै रोटर्याक्ट

दुर्घटनामा खुट्टा गुमाएका दुई अपाङ्ग व्यक्तिहरुलाई कृत्रिम खुट्टा लगायत नगद सहयोग उपलव्ध गराईएको छ ।युवाहरुको सेवामुलक संस्था रोटर्याक्ट क्लव अफ पर्वत पोखराद्वारा विहिवार पोखरामा आयोजित एक कार्यक्रममा गुल्मी जिल्ला, थापाचौर निवासी कपिलदेव कार्की र लमजुङ्ग जिल्ला, राईनास नगरपालिका निवासी भरत गिरीलाई सो सहयोग प्रदान गरिएको हो । रोजगारीको सिलसिलामा एक वर्ष पहिले भारतमा भएको सवारी दुर्घटनामा कार्कीले दायाँ खुट्टा र केही वर्ष पहिले नेपालकै कपिलवस्तुमा भएको सवारी दुर्घटनामा गिरीले वायाँ खुट्टा गुमाउनु भएको थियो ।कार्कीलाई झण्डै ६५ हजार लागत वरावरको कृत्रिम खुट्टा सहित सरसफाई सामाग्रीका साथ… पुरा पढौ

‘अवलोकनकर्तालाई नविनतम प्रविधिबारे अपडेट गराउँछौं’: विकास भुर्तेल

क्यान महासंघ कास्कीको आयोजनामा नवौं संस्करणको इन्फोटेक हुँदैछ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन ४ देखि ८ गतेसम्म सञ्चालन हुने इन्फोटेकसँग केन्द्रित रहेर क्यान महासंघ कास्कीका सचिव विकास भुर्तेलसँग गरिएको कुराकानी : विकास भुर्तेल सचिव क्यान महासंघ, कास्की तथा प्रदेश नं. ४ सदस्य क्यान कास्कीले आयोजना गरेको इन्फोटेकका आकर्षणहरु के–के छन् ? इन्फोटेकलाई समयानुकुल बनाउने प्रयास गरेका छौं । हिजो र आजको प्रविधि फरक छ । हामीले इन्फोटेकलाई जतिसक्दो प्रविधिमैत्री बनाउँदै छौं । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिको… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै

“दीगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व” भन्ने नाराका साथ फाल्गुण ४ देखि ८ गतेसम्म पोखरामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन सम्पन्न हुने भएको छ । सम्मेलनमा विभिन्न १८ देशका २५० भन्दा बढि युवा नेताहरुले भाग लिने मूल आयोजक समितिका अध्यक्ष सुवास मल्लले जानकारी दिए । सम्मेलनका विभिन्न सत्रहरुमा सम्बोधन गर्नका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, बैंकर अनिल शाह, विवेकशिल साझा पार्टिका संयोजक रविन्द्र मिश्र लगायतका… पुरा पढौ

टंकादेवी तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट प्रधान सम्पादक जमुना वर्षा शर्मा सम्मानीत

यस वर्षको टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पोखरा एक्सप्रेस समाचारपत्र तथा पोखरा एक्सप्रेस अनलाइनका प्रधान सम्पादक जमुना वर्षा शर्मा सम्मानीत भएकी छन् । उनलाई प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेबी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले नगद २० हजार १, दोसल्ला, सम्मानपत्रले सम्मान गरे । पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा उनको परिवारजनवाट स्थापित सो पुरस्कारवाट हरेक वर्ष १ जना संचारकर्मीलाई पुरस्कृत गरिदै आईएको छ । पत्रकार पुण्य पौडेलको संयोजकत्वमा गठित प्रतिभा… पुरा पढौ

डिजिकम क्यान इन्फाेटेक भाग्यमानीलाई ल्यापटप उपहार

पोखराको नयाँबजारमा फागुन ४ देखि ८ गतेसम्म आयोजित क्यान इन्फोटेकलाई लक्षित गरी विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । आयोजक संस्था क्यान कास्कीले इन्फोटेकमा रहेका प्रत्येक स्टलमा सामान खरिद गर्दा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरिने क्यान कास्कीका प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिए । इन्फोटेकलाई प्रविधिमैत्री बनाउने क्रममा अनलाइनमा टिकट काट्ने व्यवस्था गरिएको छ । आइपेसँगको सहकार्यमा अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिएको हो । अनलाइनमा टिकट काट्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको टिकट व्यवस्थापन उपसमिति संयोजक ईश्वर चालिसेले जानकारी… पुरा पढौ

क्यान इन्फोटेकमा प्रदेश स्तरीय टाइपिङ र कलेज स्तरीय आइटी क्विज प्रतियोगिता

क्यान कास्कीले आयोजना गरेको क्यान इन्फोटेकको अवसरमा प्रदेश स्तरीय खुल्ला टाइपिङ प्रतियोगिता र कलेज स्तरीय आइटी क्विज प्रतियोगिता आयोजना गरिएको छ । पहिलो चरणमा जिल्ला स्तरीय टाइपिङ प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट भएकाहरुलाई प्रदेशस्तरमा समावेश गरिने कार्यक्रम संयोजक महेन्द्र भुर्तेलले जानकारी दिए । टाइपिङको अन्तिम प्रतिस्पर्धा फागुन ४ देखि ८ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित क्यान इन्फोटेकमा सञ्चालन गरिनेछ । कलेज स्तरीय आइटी क्विजमा करिब २० वटा कलेजले प्रतिस्पर्धा गर्ने क्विज प्रतियोगिताका संयोजक घननाथ सापकोटाले जानकारी दिए । दुवै प्रतियोगितामा उत्कृष्ट… पुरा पढौ

क्यान इन्फोटेकमा अफर नै अफर लाउँछौंः युवराज पौडेल

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा फागुन ४ देखि ८ गतेसम्म पोखरामा नवौं संस्करणको डिजिकम क्यान इन्फोटेक हुँदैछ । इन्फोटेकमा सूचना तथा प्रविधि क्षेत्रमा भएका नविनतम प्रविधिलाई भित्र्याइने क्यान महासंघ कास्कीले जनाएको छ । यसै क्रममा इन्फोटेक आयोजना गर्नुको उद्देश्य, आकर्षण लगायत विविध विषयमा केन्द्रित रहेर क्यान महासंघ कास्कीका अध्यक्ष युवराज पौडेलसँग गरिएको कुराकानीको सारः पोखरामा क्यान इन्फोटेक आयोजना गर्नुको उद्देश्य के हो ? क्यान कास्कीले बिगत ९ वर्षदेखि वर्षेनी इन्फोटेक आयोजना गर्दै आइरहेको छ । सूचना तथा प्रविधिको… पुरा पढौ

क्यान इन्फोटेकमा गृहणीलाई निःशुल्क कम्प्युटर शिक्षा

 पोखरामा आयोजित सूचना तथा प्रविधि मेलाका अवसरमा गृहणीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीले फागुन ४ देखि ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको डिजिकम क्यान इन्फोटेकको अवसरमा ६३ जना महिला गृहणीलाई तालिम दिन लागिएको अध्यक्ष युवराज पौडेलले जानकारी दिए । पोखरा क्षेत्रका विभिन्न टोल तथा वडासँग समन्वय गरी महिलाहरुलाई कम्प्युटरको आधारभूत तालिम दिइने संयोजक शवी शेरचनले जानकारी दिइन् । ‘कम्प्युटर शिक्षा सबैका लागि अति आवश्यक छ,’ उनले भनिन्, ‘इन्फोटका अवसरमा… पुरा पढौ