ताजा समाचार

सराङकोट साप्ताहिक

पीएन क्याम्पसको करोडौंको भवन अलपत्र : विद्यार्थीले थाले आमरण अनसन

क्याम्पस प्रशासन र ठेकेदार कम्पनीको विवादले पृथ्वीनारायण क्याम्पसको स्वर्ण जयन्ती र अनुसन्धान भवन आधा दशकदेखि अलपत्र बनेको छ । ठेकेदार कम्पनी र क्याम्पसबीचको आर्थिक विवादले ७ वर्षदेखि भवन अलपत्र बनेको हो । विवाद अहिले उच्च उदालतसम्म पुगेको छ र अदालतले आर्थिक विषय भएकाले मेलमिलाप गर्न भनेको छ । क्याम्पस र ठेकेदार कम्पनीको विवादका कारण निर्माणधीन भवन प्रयोगमा नआउँदै कन्तबिजोग बनेको छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६५ सालमा ६ सय जना अट्ने स्वर्णजयन्ती सभा हल र एउटा अनुसन्धान भवन निर्माणका… पुरा पढौ

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको नवौँ वार्षिक साधारणसभा सम्पन्न

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणासभाको उद्घाटन शत्रमा बोल्दै शनिबार सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गरी सिंगो भारतीयलाई नेपालमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले डोलेश्वरले पूर्वाधार विकासलगायत भक्तजनको सेवामा विशष ध्यान दिदै आएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुनुले भक्तपुरको विकासमा टेवा पुग्ने भएको बताउँदै यसलाई… पुरा पढौ

आज नारायणगोपालको स्मृति दिवस मनाईंदै

स्वर सम्राट स्वर्गीय नारायणगोपालको २७ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम संवत १९९६ मा काठमाडौंको किलागलमा भएको थियो । उनका कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् । स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोतकृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३… पुरा पढौ

नवलपरासीमा कांग्रेस र वाम गठबन्धनबीच झडप, ६ जना घाइते

नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् । घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ ।भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि… पुरा पढौ

ट्राफिक प्रहरीलाई दैनिक २०० भत्ता

सरकारले ट्राफिक प्रहरीलाई दैनिक रु २०० भत्ता दिने भएको छ । गृहमन्त्री जनार्दन शर्माले ट्राफिक प्रहरीलाई दैनिक रु २०० विषेश भत्ता दिने प्रस्ताव गरिएको बताए । शर्मा गृहमन्त्री भएसँगै ट्राफिक प्रहरीले पाउँदै आएको जरिवाना वापतको १५ प्रतिशत कमिसन कटौती गरिएको थियो । ‘प्रहरीले जरिवानाको १५ प्रतिशत पाउनकै लागि कारवाही गर्ने गरेको आक्षेप लागेपछि सो रकम कटौती गरिएको हो’ सोमबार व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै मन्त्री शर्माले भने, ‘त्यसको अलावा दैनिक २ सय रुपैयाँ विशेष भत्ता दिने प्रस्ताव गरिएको छ ।’… पुरा पढौ

डोटीको जिप दुर्घटनाका मृतकको सनाखत

 डोटीमा अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका चालकसहित नौ जनाको सनाखत भएको छ । गाडीमा सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । अठ्ठाइसवर्षीय चालक विष्णु नेगी भने शिखर नगरपालिका–१ कपल्ले डोटीका स्थायी बासिन्दा हुन् । दुर्घटनामा परी बोगटान गाउँपालिका–१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्ती मगर, ५० वर्षीय बूढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशिराम पुन मगर, ४५ वर्षीया ललितादेवी… पुरा पढौ

सिरहामा झाडापखालाको महामारी, थप एकको मृत्यु, २५ सिकिस्त

विगत दुई सातादेखि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआउँदा झाडापखालाबाट सोमबार साँझ थप एकको मृत्यु भएको छ भने २५ जना सिकिस्त बिरामी परेका छन् । पछिल्लो पटक झाडापखालाबाट लक्ष्मीपुर पतारीस्थित सीतापुरप्रध निवासी ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दासले जानकारी दिएका छन् । झाडापखालाबाट थलिएकी गुद्रीदेवीको अस्पताल लैजाने तयारी भइरहेका बेला राति मृत्यु भएको प्रमुख डा दासले बताएका छन्। योसँगै उक्त गाउँमा फैलिएको झाडापखालाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको… पुरा पढौ

कालिका भगवती मन्दिरमा नगर प्रमुख उप प्रमुखलाई स्वागत

नेपालकै प्रशिद्द शक्ति पिठ कालिका भगवती मन्दिर परिसरमा बागलुङ नगरपालिकाका नब निर्वाचित  मेयर र उप मेयरलाई स्वागत तथा सम्मान गरियो  । कालिका भगवती गुठी ब्यबस्थापन समितिका सल्लाहकार जनक पाैडेल र सुरेन्द्र खड्कालाई बागलुङ क्षेत्र नम्बर १ का सांसद तथा गुठीका सल्लाहकार चम्चा देबि खड्का गुठीका अध्यक्ष राजु खड्काले मायाकाे चिनाे  फूल  माला र खादा अाेधाएर सम्मान तथा स्वागत गरिएको थियो । सांसद चम्चा देबि खड्काले बागलुङ नगरपालिका नब निर्बाचित प्रमुख उप प्रमुखलाई स्वागत गर्दै कालिका भगवती मन्दिरकाे बिकासमा अाफुले पनि… पुरा पढौ

सराङकोट साप्ताहिक वैशाख १९-२५ गते मंगलबार बर्ष ८ अंक २८

 सराङकोट साप्ताहिक वैशाख १९-२५  गते मंगलबार बर्ष ८ अंक २८    पुरा पढौ

सराङकोट साप्ताहिक वैशाख १२-१८ गते मंगलबार बर्ष ८ अंक २७

सराङकोट साप्ताहिक वैशाख १२-१८  गते मंगलबार बर्ष ८ अंक २७ [pdf-embedder url="http://setoparewa.com/wp-content/uploads/2017/04/sarankot-12.pdf"] पुरा पढौ