ताजा समाचार

खेलकुद

आइसीसी एकदिवशीय विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

विश्वकज क्रिकेटका लागि आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १५ नियमित र ४ बैकल्पिक खेलाडीको सूची सार्वजनिक गरेका हुन् । टोलीमा सबै खेलाडीहरु आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू कै छन् । विश्वकप छनोटमा १५ जनाको टिम हुने भएकाले ललित राजवंशीले टिममा स्थान बनाएका छन् । घोषित टिमको कप्तान पारस खड्का, उप–कप्तान ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी,… पुरा पढौ

एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान

ब्राजिलमा एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान बनेको छ । काठमाडौं, फागुन ७ । ब्राजिलमा एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान बनेको छ । बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताका क्रममा बाहिया र भिटोरिया क्लबबीचको खेलमा १० रातो कार्ड देखाइएको हो । १० वटा रातोकार्ड देखाइएपछि रेफ्रीले खेल स्थगित गरेका छन् । तर यो खेलमा बाहियालाई ३-० को जित दिन सकिने सम्भावना प्रबल छ । खेलको पहिलो हाफमा घरेलु टोली भिटोरियाले १-० को अग्रता लियो । दोस्रो… पुरा पढौ

बार्सिलोनाको जितमा, मेस्सीको कीर्तिमानि

 (एजेन्सी)– लियोन मेस्सीका नाममा स्पेनिस फुटबलमा थुप्रै कीर्तिमान छन् । बार्सिलोनालाई सफलता दिलाउने क्रममा उनले हरेक वर्ष केहि न केहि कीर्तिमान बनाएकै छन् । तर, विपक्षी पोष्टमा गरेको आक्रमण सबैभन्दा बढी असफल पनि उनकै नाममा रहेको छ । गोल गर्नेमा उनले पटक पटक कीर्तिमान बनाएका छन् । त्यस्तै मौका गुमाउनेमा पनि उनी अगाडी छन् । स्पेनिस ला लिगामा शनिबार इबारलाई २–० ले हराउँदै मेस्सी गोल गर्ने अवसर गुमाएका थिए । पाँच पटकका बालोन डी ओर विजेता मेस्सीको शनिबारको खेलपछि यो सिजन… पुरा पढौ

‘प्लेयर अफ दि सिरिज’ को उपाधी सन्दीपलाई

 आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाली टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने ‘प्लेयर अफ दि सिरिज’ (सर्वोत्कृष्ट खेलाडी) बनेका छन्। बिहीबार भएको उपाधि भिडन्तमा युएईसँग ७ रनले पराजित हुनुका बावजुद नेपालका सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्। अघिल्लो महिना इण्डियन प्रिमयर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै चर्चाको शिखरमा पुगेका सन्दीपले डिभिजन–२ मा सानदार बलिङ गरेका थिए। सन्दीपले प्रतियोगिताभर ६ खेल खेल्दै १७ विकेट लिन सफल भए। उनले ५४.२ ओभरमा बलिङ गर्दै ९ मेडन राख्दा १ सय ७६… पुरा पढौ

युएई टस जितेर ब्याटिङ गर्दै

विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले टस जित्दै ब्याटिंग गर्ने निर्णय गरेको छ । राउन्ड रबिनका शीर्ष दुई टोली अहिले उपाधिका लागि भिड्दै छन् । हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । डिभिजन २ को शिर्ष दुई टोली नेपाल र युएई दुवैले जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाई सकेका छन् । आजको विजेताले वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँगको समूहमा स्थान पाउनेछ भने उपविजेता अफगानिस्तान, स्कटल्यान्ड,… पुरा पढौ

च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलको सानदार जित

च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को खेलमा लिभरपुलले पोर्चुगेली टोली पोर्टोको घरेलु मैदानमा ५-० को विजयी नतिजा निकालेको छ । पहिलो लेगको खेलमा सेनेगलका फरवार्ड साडियो मानेले ह्याट्रिक गरे भने रोबर्टो फर्मिनो र मोहमद सालाहले पनि गोल गरे । घरेलु मैदानमा पोर्टोको युरोपेली खेलमा इतिहास कै अहिलेसम्मको फराकिलो हार हो ।  खेलको सुरुआतमा पोर्टो बलियो देखिए पनि लिभरपुलले २५ औं मिनेटमा मानेको गोलबाट अग्रता लियो । मानेको प्रहारमा पोर्टोका गोल किपर भाना अल्भेस चुकेपछि लिभरपुलले अग्रता लियो । खेलको २९ औं मिनेटमा जेम्स मिल्नरको… पुरा पढौ

पिएसजी विरुद्ध रियल ३-१ले विजयी

(एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा पिएसजी विरुद्ध रियलले पहिलो लेगमा ३-१ को अग्रता लिएको छ । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने मार्सेलोले पनि रियलका लागि गोल गरे ।   बहुप्रतिक्षित खेलमा पिएसजीका २२ वर्षीय मिडफिल्डर एडरिएन र्याबियटले भ्रमणकारी टोलीलाई अग्रता दिलाएपनि रोनाल्डोले ४५ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल गरे । लो सेल्सोले टोनी क्रुसलाई लडाएपछि पाएको पेनाल्टी मार्फत रोनाल्डोले गोल गरेका थिए । त्यो गोल रोनाल्डोको च्याम्पियन्स लिगमा रियलका लागि १ सय… पुरा पढौ

उपाधिका लागि आज नेपाल युएईको सामना गर्दै

 विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको नेपालले उपाधिका लागि आज दोस्रो स्थानको युएईसँग खेल्दै छ । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो ।   युएईले हिजै नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको थियो । नेपालको ५ खेलमा ४ जितसहित ८ अंक रहेको छ भने युएई, क्यानाडा र नामिबियाको समान ६ अंक भएपनि नेट रन रेटको आधारमा युएई दोस्रो भएको हो । डिभिजन २ को शिर्ष दुई टोली नेपाल… पुरा पढौ

सन्दिप खेल बीच घाइते

 आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अहिले नेपाल क्यानाडासँग भिड्दै छ । क्यानाडाले राम्रो सुरुवात गरे पनि नेपालका स्पिनरहरुले क्यानाडालाई केहि हदसम्म रोक्न सफल भएका छन् । सन्दिपले ५ ओभर बलिङ ७ रन दिँदै २ विकेट लिएका छन् । तर आफ्नो पाँचौं ओभर बलिङ गर्नासाथ उनी मैदानबाट बाहिरिएका छन् । उनको ह्यामस्ट्रिङमा समस्या भएको अनुमान गरिएको छ । उनी आफ्नो स्पेल पुरा गर्न फर्किने वा नफर्किने निश्चित छैन । क्यानाडाको २३ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ७८ रन रहेको छ… पुरा पढौ

क्यानडाविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत क्यानडा विरुद्धको पाँचौं र निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने गर्दै छ । खेल नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा हुँदै छ । तीन खेलमा जित निकालेको नेपाल नेट रन रेटका आधारमा तेस्रो स्तानमा रहेको छ । शीर्ष स्थानमा क्यानडा र दोस्रो स्थानमा नामिबिया रहेका छन् । केन्यामाथिको जितसँगै दोस्रो स्थानमा उक्लिएको नेपाललाई मंगलबार नामिवियाले केन्यालाई ८ विकेटको फराकिलो जितले ठूलो दवाद सृजना गरेको छ । आजै युएई र नामिबिया तथा ओमान र… पुरा पढौ